फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
बुधबार, २४ पुस २०८१, १६ : १४

वासिङटन डीसी । दक्षिण फ्लोरिडा विमानस्थलमा जेटब्लुको एउटा विमानको ल्यान्डिङ गियर कम्पार्टमेन्टमा दुई वटा शव फेला परेका छन् । सञ्चार माध्यममा छापिएका खबरका अनुसार सोमबार राति फोर्ट लाउडरडेल–हलिउड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भएको विमानको ह्विलवेल क्षेत्रमा दुई जना मृत अवस्थामा फेला परेका हुन् ।
उडानपछि नियमित मर्मतसम्भार निरीक्षणको क्रममा शवहरू फेला परेको जेटब्लुका प्रवक्ताले बताएका छन् । यो विमान न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट राति ११ बजे फोर्ट लाउडरडेल आइपुगेको थियो ।
उडानको क्रममा २ घन्टा ४३ मिनेटसम्म विमान ३८ हजार फिटको उचाईमा थियो । विमान मृतकको नाम वा अन्य जानकारी सार्वजनिक गरिएको छैन । विमानको उक्त हिस्सासम्म उनीहरू कसरी पुगे भन्ने पनि छानबिन भइरहेको जेटब्लुले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत