बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने

बुधबार, २४ पुस २०८१, १५ : ३५
बुधबार, २४ पुस २०८१

काठमाडौँ । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपाल सिजन ९ अर्थात ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने भएका छन् । प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट ३० फिमेल र १८ मेल गरेर ४८ प्रतियोगी फाइलका लागि छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

छानिएका प्रतियोगी अब एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग्नेछन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । प्रतियोगीको कोरियोग्राफी कोरियोग्राफर सबिता कार्कीले गर्नेछिन् ।

प्रतियोगितामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ प्रावधान रहेको थियो । सोही अनुसार प्रतियोगी छानिएका हुन् ।

प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा आगामी सेब्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने अध्यक्ष धमलाको विश्वास रहको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप