बहिनीले लगाएको शारीरिक शोषणको आरोप ओपनएआईका हाकिमद्वारा अस्वीकार
![बहिनीले लगाएको शारीरिक शोषणको आरोप ओपनएआईका हाकिमद्वारा अस्वीकार](https://npcdn.ratopati.com/media/news/c0cee330-cd70-11ef-8673-6def92818558.jpg_IhbkrsqmPu.webp)
वासिङ्टन डिसी । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । दाजुले आफूलाई एक दशकसम्म शोषण गरेको आरोप एनी अल्टम्यानले साममाथि लगाएकी हुन् ।
यस सम्बन्धमा एनीले संघीय अदालतमा मुद्दा नै दायर गरेकी छिन् । साम अल्टम्यान, उनकी आमा र भाइले एनीको आरोपको जवाफ दिएका छन् । तीनै जनाले बहिनीले दाजुमाथि लगाएको आरोपलाई झुटो भनेका छन् ।
बाल्यकालदेखि नै मिसौरीमा उनको शारीरिक शोषण सुरु भएको आरोप अदालतमा दायर भएको मुद्दामा एनीले लगाएकी छिन् । यो क्रम सन् १९९० देखि सन् २००० सम्म चलेको उनको भनाइ छ । तीन वर्षको उमेरदेखि नै आफ्नो यौन शोषण हुनलागेको अनि यो क्रम आफू नाबालिग हुँदासम्म जारी रहेको दाबी एनीले गरेकी छिन् । यसअघि एनीले सामाजिक सञ्जालमा भाइमाथि पनि यस्तै आरोप लगाएकी थिइन् ।
यी आरोपहरूको जवाफमा साम अल्टम्यानले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लामै पोस्ट लेखेका छन् । बहिनीले लगाएको आरोपबाट आफूहरू दुःखी भएको र ती पूर्णतया झुटो भएको पोस्टमा भनिएको छ ।
पोस्ट मुद्दामा बहिनीले लगाएको आरोपप्रति आफू, आफ्नी आमा र भाइको जवाफ भएको पनि उनले लेखेका छन् । परिवारले एनीलाई निकै माया गर्ने र उसको भलाइबारे चिन्तित रहेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’