जय ट्रफी क्रिकेट प्रतियोगिता
अर्धशतक बनाउँदै आउट भए कुशल भुर्तेल
बुधबार, २४ पुस २०८१, १५ : १४

काठमाडौँ । दुई दिवसीय जय ट्रफी क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लबका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले वीरगञ्जमा जारी मधेश प्रदेशविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
कुशल भुर्तेलले टोलीका लागि ६३ रनको योगदान गरे । यस क्रममा उनले केवल ६८ बलको सामना गरी १० चौका पनि हिर्काए । पुलिस क्लबलाई गतिलो सुरुवात दिने क्रममा कुशल भुर्तेल र दिलिप नाथले ओपनिङ विकेटका लागि ९६ रनको साझेदारी गरे ।
पुलिस क्लबको पहिलो विकेट २०औँ ओभरको चौथो बलमा खसेको हो । दिपिल नाथ भने अविजित २९ रन बनाउँदै क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातिँदै स्ववियु चुनावको माहौल, तस्बिरहरू
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय