जय ट्रफी क्रिकेट प्रतियोगिता
इमरान शेखलाई पछ्याउँदै बसिर अहमदले पनि अर्धशतक बनाए
बुधबार, २४ पुस २०८१, १४ : ३७

काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को बुधबार जारी खेलमा त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यान बसिर अहमदले अर्धशतक बनाएका छन् ।
बसिर अहमदले बागमती प्रदेशविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । उनी ६१ बलमा आठ चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा छन् । यसअघि यही खेलमा आर्मी क्लबका लागि इमरान शेखले पनि अर्धशतक बनाएका थिए । ओपनर ब्याट्सम्यान इमरान शेख ७२ रन बनाउँदै आउट भए ।
पेभेलियन फर्किनुअघि इमरान शेखले एक सय चार बलको सामना गरी ११ चौका हिर्काएका थिए । जारी जय ट्रफीमा एउटै पालीमा दुईजना ब्याट्सम्यानले अर्धशतक बनाएको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा