बङ्गलादेशले रद्द गर्यो शेख हसिनाको पासपोर्ट

ढाका । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ । मंगलबार बङ्गलादेशले हसिनाको पासपोर्ट रद्द गरेको हो ।
सन् २०२४ को जुलाई–अगस्ट अवधिमा सरकारी जागिरमा कोटाको व्यवस्थाविरुद्ध भएको विद्यार्थी आन्दोलन दबाउन भूमिका निर्वाह गरेको मामिलामा हसिना र सम्बद्ध अरू ९६ जनाको पासपोर्ट खारेज गरिएको छ । पासपोर्ट विभागले जबरजस्ती बेपत्ता पारिएको मामिलामा संलग्न २२ जनाको पासपोर्ट रद्द गरेको छ ।
शेख हसिना समेत अरू ७५ जनाको पासपोर्ट भने जुलाईमा भएको हत्या मामिलामा रद्द गरिएको हो । अधिकारीहरूले हसिना बाहेक अरू ९६ जनाको नाम भने सार्वजनिक गरेका छैनन् ।
अगस्ट ५ मा उनी भागेर भारत पुगेकी थिइन् । बंगलादेशको अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (आईसीटी)ले मंगलबार मात्रै हसिना र उनको मन्त्रीमन्डलका कयौँ पूर्व मन्त्री, सल्लाहकार र सैन्य एवम् नागरिक अधिकारीहरू विरुद्ध मानवता र नरसंहारको अपराधमा पक्राउ पुर्जी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र ठेकेदारको विवादले एसटीसी होलसेल मार्केटका व्यापारी मारमा
-
धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
-
जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
वनगाउँका एकसय घर तरकारी खेतीमा
-
बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा, कस्ता छन् चुनौती ?