मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न निर्देशन

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माण सम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति लगायत आवश्यक पूर्वाधार तयार गरी खेलकुदका आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्ने गरी काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले पूर्वाधारमा एक वर्ष परेको बजेटले अर्को निरन्तरता पाउन नसक्दा समयमा सम्पन्न गर्न कठिन हुने गरेको बताए । फुटबल रङ्गशालाका लागि विश्व फिफाले सहयोग गर्न तयार भएपनि जग्गा प्राप्त भने गर्न नसकिएको उनले बताए ।
मन्त्री चौधरीले सीमित स्रोत साधनकाबीच पछिल्लो समय खेलाडीहरूको प्रदर्शन निकै राम्रो हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान