मुलपानी र गिरिजाप्रसाद क्रिकेट ग्राउण्डको स्रोत सुनिश्चितता गर्न निर्देशन

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मुलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणको लागि श्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पाले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने काम छिटो टुङ्ग्याउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिए। समितिले राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्यहरू सम्पन्न गरी आयोजनालाई समयमै सम्पन्न गर्ने गरी प्रभावकारी रूपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
समितिमा मंगलबार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली
-
पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएल च्याम्पियन
-
भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा