पशुपति क्षेत्र विकास कोषको मुल गेटमा तालाबन्दी
बुधबार, २४ पुस २०८१, १४ : २०

काठमाडौं । श्रम अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै पशुपति क्षेत्र विकास कोषको मूल गेटमा तालाबन्दी गरिएको छ । कोषमा कार्यरत करार श्रमिकहरुले बुधबार मूल गेटका ताला लगाएर धर्ना सुरु गरेका हुन् ।
कोष यसअघि आफूमार्फत् नै काम लगाउँदै आएका श्रमिकलाई आउटसोर्समार्फत् काम लगाउन थालेपछि श्रमिकहरु श्रम अदालत गएका थिए ।
गत पुस ५ गते श्रमिकले श्रम अदालत भक्तपुरले आफूहरूलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । पुस १८ गते उक्त आदेशलाई निरन्तरता दिए पनि काम गर्न नदिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।
यसअघि उनीहरुले श्रम अदालतको आदेशको प्रतिलिपी सहित आफूहरूलाई हाजिर गराउन कोषलाई पत्र दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ