नेपालगन्ज हुँदै भारत लाने तयारी गरिएको ३० लाख रुपैयाँ बराबरको भेप बरामद

बुटवल । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको टान्सर्पोटको गाडीमा राजस्व छली गरी ल्याएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ ।
चीनबाट ल्याएको इलेक्ट्रिक चुरोट नेपालगन्ज हुँदै भारतको लैजाने तयारी गरेको सूचनाको आधारमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला पारेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । भेरी ढुवानीको सेवाको रहेको उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप भेटिएको थियो ।
यसमा डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि स्याङ्जाको कालिगण्डी गाउँपालिका५ बस्ने रोजन न्यौपाने र बाँकेको नेपालगन्जका सनाउल्ह अन्सारीलाई पक्राउ गरिएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार उनीहरूसँग बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
अनुसन्धान अधिकारीका अनुसार ३० लाख रुपैयाँ इलेक्ट्रिक बराबरको भेपको जम्मा १ सय रुपैयाँ मात्र बिल काटिएको थियो। चीनबाट उक्त चुरोट नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारत महँगोमा बिक्री गर्ने उद्देश्यले ल्याएको अनुमान रहेको छ । राजस्व कार्यालयले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ बन्ने
-
सैफ अली खानमाथि आक्रमणको मुद्दामा १६१३ पृष्ठको आरोपपत्र : के-के छ ?
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा
-
एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन
-
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना
-
उपाधिबाट चुक्यो नेपाल, फाइनलमा कुवेतसँग तीन रनले हार्यो