फोटोफिचर
मुस्ताङको रूपान्तरणलाई झल्काउने पानारोमा फोटो प्रदर्शनी (तस्बिरहरु)
बुधबार, २४ पुस २०८१, १३ : २८

काठमाडौँ । नेपाल कला परिषदमा फोटोग्राफर किशोर कायस्थले मुस्ताङको रूपान्तरणलाई झल्काउने गरि खिचेका ३० वटा पानारोमा फोटो प्रदर्शनी चलिरहेको छ । ‘मुस्ताङ् नोस्टाल्जियाः ए टु डिकेड ओडिसी’ शीर्षक दिइएको यो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ ।
कायस्थको फोटोमा मुस्ताङको बदलिँदो मौसम, सहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउने काम गरेको देखिन्छ । यो प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ ।
प्रदर्शनीले मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी) परियोजनाको साइटहरूलाई हाइलाइट गरेको छ । विगत २० वर्षमा एएफसीपीले नेपालमा २८ सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूलाई कुल ४.५४ मिलियनभन्दा बढी रकम सहयोग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक