बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

कलाकार घनश्याम गौतम अस्पताल भर्ना

बुधबार, २४ पुस २०८१, १३ : ०९
बुधबार, २४ पुस २०८१

काठमाडौँ । हास्य कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई बुधवार बिहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको हो ।

उनको केएमसीको मेडिसिन हाइकेयर वार्डमा उपचार भइरहेको पत्नी युगज्योतीले जानकारी दिइन् ।  उनलाई यसअघि ५ दिन भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो । गौतमको किड्नीमा समस्या नभएको भन्दै अस्पतालले डिस्चार्ज गरिदिएपछि केएमसी ल्याइएको हो ।

कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर देखिएको थियो । पहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका उनी केही महिनाअघि थप उपचारका लागि भारत समेत पुगेको थिए ।

गौतमले भक्तपुरको अस्पतालमा ५ दिन बस्दा एक डाक्टरले पनि नहेरेको गुनासो समेत सामाजिक सञ्जाल मार्फत पोखेका छन् । उनले लेखका छन्, ‘ भक्तपुर क्यान्सर अस्पतालले बिरामी ४, ५  दिन भर्ना हुँदा एक जनासम्म डाक्टर हेर्न आइदिनुभएन । केएमसी भर्ना भएको केही  घन्टामा ५ डाक्टरले हेरिसकेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप