तेस्रो डीएभी बी.सी.ए. अन्तर कलेज फुटसल कपको तयारी पूरा
काठमाडौँ । डीएभी सी.सी.ए. कलेजको तेस्रो संस्करणको ‘बी.सी.ए. अन्तर–कलेज फुटसल कप’को तयारी पूरा भएको छ । प्रतियोगिता पुस २९ गतेदेखि कलेज परिसरमा सञ्चालन गरिनेछ ।
खेलकुदका माध्यमबाट बी.सी.ए. कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बी.सी.ए. अन्तर–कलेज फुटसल कप सञ्चालन गर्ने गरिएको डीएभी बि.सी.ए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी गराए ।
खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डीएभी बि.सी.ए. कलेज सम्बद्ध वीज्जी डीएभीएन्स् क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ ।
तेस्रो संस्करणको फुटसल कपमा काठमाडौँ उपत्यकाका बि.सी.ए. कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । प्रथम विजेता टीमलाई एक लाख पचास हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । त्यसै गरी दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगत तर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ ।
माघ २ गते तय भएका अन्तिम चरणका खेलहरू सँगै विशेष अर्वाड समारोह आयोजना गरिने कलेजको भनाइ छ ।