पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका पुरुषलाई दिइयो उनकै मृत्युको प्रमाणपत्र
![पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका पुरुषलाई दिइयो उनकै मृत्युको प्रमाणपत्र](https://npcdn.ratopati.com/media/news/capture_DTNS8yrMW2.png)
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक सेवाग्राहीलाई उनकै मृत्यु प्रमाणपत्र बनाएर दिएको पाइएको छ ।
उत्तर प्रदेशको हरदोई जिल्लामा पर्ने कोथावां विकास खण्डको अटावा गाउँ निवासी विश्वनाथकी पत्नीको १९ डिसेम्बर २०२४ मा निधन भएको थियो । विश्वनाथका अनुसार उनी पत्नीको मृत्यु प्रमाणपत्र बनाउन ग्राम पञ्चायत पुगेका थिए । ग्राम पञ्चायत सचिव सरिता देवीले विश्वनाथलाई विभिन्न बहानामा झुलाउँदै आएकी थिइन् ।
केही दिनपछि सचिव सरितादेवीले आफूसँग दुई हजार रुपैयाँ घुस मागेको विश्वनाथको दाबी छ । आफूले पैसा नदिएपछि जनवरी ३ का दिन सचिव सरितादेवीले प्रमाणपत्र आफूलाई दिएको तर त्यो आफ्नै मृत्युको प्रमाणपत्र रहेको उनले बताए ।
यसबारे विश्वनाथले जिल्लाधिकारीसमक्ष उजुरी गरेको र आरोपित ग्राम पञ्चायत सचिव सरितादेवीलाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो