बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

ओस्करको दौडमा बबी देओलको फ्लप फिल्म ‘कंगुवा’

बुधबार, २४ पुस २०८१, ११ : ११
बुधबार, २४ पुस २०८१

नयाँ दिल्ली । २०२४ मा दर्शकहरूले दक्षिण भारतीय अभिनेता सूर्या र बबी देओलको शीर्ष भूमिका रहेको फिल्म ‘कंगुवा’लाई निकै उत्सुकताका साथ कुरेका थिए । तर फिल्म हलमा टिकेन । दर्शक नपाएपछि छिटै नै फिल्म हलबाट निस्कियो अनि फ्लप फिल्मको सूचीमा पुग्यो । 

एनिमलमा भिलेनको छोटो भूमिकामा देखिएर वाहवाही पाएका बबी देओलका लागि यो फिल्म अर्को वरदान साबित हुने आशा गरिएको थियो । तर बबीको यही फ्लप फिल्म २०२५ को अ‍ोस्करको दौडमा छ । फिल्मको नाम ओस्कारको दौडमा शीर्ष दाबेदारको सूचीमा भएको अफवाह चलेको छ ।

हलमा खासै नचलेको फिल्मले ओटीटीमा भने ठिकठाकको प्रतिक्रिया पायो । ३०० देखि ३५० करोड भारुको बजेटमा बनेको यो फिल्म अहिलेसम्मको सबैभन्दा महँगो भारतीय फिल्महरू मध्ये एक थियो । तर फिल्मले बक्स अफिसमा जम्मा १०६ करोड मात्रै कमायो । यो भनेको बजेटको एक तिहाइ पनि थिएन ।

ओस्करका लागि कांगुवा (तमिल), आदुजीविथम अर्थात् द गोट लाइफ (हिन्दी), सन्तोष (हिन्दी), स्वातन्त्र्य वीर सावरकर (हिन्दी), अल वी इमेजिन एज लाइट (मलयालम–हिन्दी) र गर्ल्स विल बी गल्र्स (हिन्दी–अङ्ग्रेजी)लाई मनोनयनका अगाडि सारिएको छ । 

मनोनयनका लागि जनवरी ८ मा सुरु भएर जनवरी १२ मा मतदान सकिनेछ । मतदान परिणाम जनवरी १७ मा आउनेछ । ओस्कर अवार्डको घोषणा मार्च २ मा ओभेशन हलिउडको डल्बी थिएटरमा एउटा कार्यक्रममाझ हुनेछ । कंगुवामा बबी देओल सिरुथाई शिव नाम गरेका खलनायकको भूमिकामा थिए । यसमा सूर्या दोहोरो भूमिकामा थिए । उनको अपोजिट दिशा पटानीमा थिइन् । बबीले यही फिल्मबाट तमिल सिनेमामा डेब्यू गरेका थिए । 

कंगुवाले भारतमा पहिलो दिन २४ करोड कमाएको थियो भने ओपनिङपछि फिल्मको कलेक्सनमा लगातार गिरावट आएको थियो । ३०० करोडभन्दा बढीको बजेटमा बनेको फिल्मले तीन दिनमा ३० करोडको मात्रै व्यापार गरेको थियो । भारतमा फिल्मको कुल कमाई ६९ करोड १० लाख भारु मात्रै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप