दुर्घटनामा परे अभिनेता अजित कुमार
![दुर्घटनामा परे अभिनेता अजित कुमार](https://npcdn.ratopati.com/media/news/capture_PGICYhFGvb.png)
नयाँ दिल्ली । दक्षिण भारतका चर्चित अभिनेता अजित कुमार दुर्घटनामा परेका छन् । दुबईमा हालै आगामी रेसिङ च्याम्पियनसिपको अभ्यासको क्रममा उनी गम्भीर कार दुर्घटनामा परेका हुन् । अभिनेताको पोर्श ९९२ कारमा धेरै क्षति पुगेको छ । तर, यो दुर्घटनामा अजितलाई भने कतै चोट नआएको बताइएको छ ।
अजितको कार दुर्घटनाको भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानहरू निकै चिन्तित बनेका थिए । फ्यानहरू चिन्तित भएको देखेपछि अजित कुमारको रेसिङ टिमका प्रबन्धक तथा चालक फाबियन डुफिक्सले सामाजिक सञ्जाल पोस्टमार्फत अभिनेता आफू ठिक रहेको आश्वासन दिएका थिए । ‘अभ्यासको पहिलो दिन सकियो । अजित सुरक्षित छन्, उनको शरीरमा कतै पनि दर्फराएको चोट छैन,’ इन्स्टाग्रामको पोस्टमा लेखिएको छ ।
कार दुर्घटनामा परेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसमा अभिनेताको कार ट्र्याकमा अनियन्त्रित भइरहेको देखिन्छ । अजित तमिल फिल्म उद्योगका चर्चित अभिनेता हुन् । उनी अनुभवी रेसर पनि हुन् । उनी अहिले दुबईमा हुन लागेको च्याम्पियनसिपको तयारीमा छन् । उनले जनवरी १२ र १३ मा हुन लागेको ‘२४ एच दुबई २०२५ रेस’मा भाग लिँदै छन् ।
कामको कुरा गर्नु पर्दा अजित छिटै ‘विदमुयार्ची’मा देखिँदैछन् । हालै यो फिल्मको रिलिज मिति घोषणा गरिएको छ । योसँगै उनी ‘गुड ब्याड अग्ली’का कारण पनि चर्चामा छन् । जनवरी ६ मा मेकरहरूले यो फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ