चिसोको कारण रौतहटका विद्यालयहरू धमाधम बन्द हुँदै

रौतहट । पछिल्लो एक सातादेखि चलेको शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन्। बिहानैदेखि लगातार हुस्सु र कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरूलाई पठन पाठनमा समस्या भएको भन्दै यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरी विद्यालय बन्द गरिएको हो ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा आज बुधबारदेखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वार्षिक बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ। जिल्लाका १८ स्थानीय तह मध्ये अधिकांशले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन्।
पछिल्लो एक सातादेखि मधेस प्रदेशमा शीतलहरको कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख