हमासलाई ट्रम्पको चेतावनी

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी सशस्त्र विद्रोही समूह हमासलाई चेतावनी दिएका छन् । गाजामा इजरायली बन्धकहरूलाई लिएर उनले हमासलाई चेतावनी दिएका हुन् ।
आफूले पदभार सम्हाल्नु अघि इजरायली बन्धकहरूलाई रिहा गरिएन भने मध्य पूर्वमा सबै कुरा बर्बाद हुने आफ्नो पुरानो चेतावनी उनले दोहोर्याएका हुन् । यो हमाससहित कसैको लागि राम्रो नहुने उनको भनाइ छ । ह्वाइट हाउसमा फर्कनु १३ दिन अघि उनको यो चेतावनी आएको हो ।
गाजामा युद्ध विराम वार्तामा निकै प्रगति भइरहेको आफूलाई लागेको अनि धेरै कुरा बोल्न नचाहेको प नि उनले बताए । गाजामा युद्धविराम र हमासको कब्जामा रहेका बन्दीहरूको रिहाइलाई बाहिरिँदै गरेका अमेरिकी राष्ट्रपति जो बाइडेन र आउँदै गरेका राष्ट्रपति ट्रम्प दुवैले प्राथमिकतामा राखेका छन् । हमासको कब्जामा अझै पनि सय जना जति बन्दी रहेको अनुमान गरिएको छ ।
फ्लोरिडास्थित निवासमा ट्रम्पले सबै बन्दीलाई जनवरी २० मा आफ्नो शपथ ग्रहण अगावै रिहा गर्न भनेका हुन् । ती बन्दीहरू रिहा भएनन् भने मध्यपूर्वमा वितण्डा हुने र यो हमासको लागि मात्रै नभएर कसैका लागि राम्रो हुने छैन भनेर ट्रम्पले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल