च्याटजीपीटी एआईमार्फत ट्रम्पको होटल अगाडि विस्फोट गराइएको थियो मस्कको साइबरट्रक

वासिङ्टन डीसी । नयाँ वर्षको दिनमा अमेरिकाको लस भेगासस्थित नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको होटल बाहिर खर्बपति व्यापारी एलन मस्कको टेस्ला कम्पनीको साइबर ट्रकमा विस्फोट गराइयो । सो घटनामा चकित पार्ने खुलासा भएको छ ।
जाँच अधिकारीहरूले बताएअनुसार अमेरिकी सेना संलग्न यस घटनामा ट्रकलाई विस्फोट गराउन च्याटजीपीटीसमेतका जेनरेटिभ एआईको प्रयोग गरिएको दाबी लस भेगास प्रहरीले गरेको हो । विस्फोटमा ३७ वर्षीय म्याथ्यु लिभेल्सबर्गरको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए ।
लिभेल्स्बर्गर सेनाको विशेष बल ‘ग्रिन बेरेट्स’का मास्टर सर्जेन्ट थिए । जर्मनीमा खटाइएका लिभेल्स्बर्गर घटनाको समयमा छुट्टीमा अमेरिका आएका थिए ।
लिभेल्स्बर्गरको कसैको हत्या गर्ने नियत नभएको पनि अनुसन्धान अधिकारीहरूले बताएका छन् । साइबर ट्रक विस्फोट गराउने एआईएको प्रयोगलाई लस भेगास महानगरीय प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले ‘गेम चेञ्जर’ भनेका छन् । यस छानबिनका जानकारी अन्य केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँग शेयर गरिरहेको पनि म्याकमहिलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै