लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
बुधबार, २४ पुस २०८१, ०७ : २३

लस एन्जलिस । अमेरिकाको लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई सुरक्षित स्थानमा निकाल्न निर्देशन दिइएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन् ।
केही भिडियो फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।
क्यालिफोर्नियामा लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड