कर्णबहादुर मल्ल नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको दुई पटक सभापति भए । उनले दुई पटक पार्टीको कारबाही भोगे । उनी अहिले नेपाली कांग्रेस बीपीका नेता हुन् ।
एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि मल्ल पछिल्लो समय रावलसँग नजिक भएका छन् । उनै मल्लसँग रातोपाटीले समसामयिक राजनीतिबारे कुराकानी गरेको छ । मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश–
सामाजिक न्यायको सिद्धान्तका आधारमा ।
तिनै शेरबहादुर देउवालाई गिरिजाप्रसाद कोइरालाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दा पनि साथ दिएको हो ।
उहाँप्रति कृतज्ञता नै व्यक्त गर्छु ।
दुर्गन्धित अहिलेको राजनीतिबाट आफूलाई बचाएर राखेका नेता हुन् भीम रावल । देउवा र ओलीले हामीलाई निकालेको होइन, पार्टीको विचार र सिद्धान्त पार्टीबाट निकालेका हुन् । यिनीहरू मुखिया हुन् ।
पहिलो कुरा त शेरबहादुर देउवालाई भेट्न म गएको होइन । २०४७ सालको कुरा हो । उहाँले नै गाडी लिएर मलाई बोलाउन पठाउनु भएपछि म भेट्न गएको हो । र, कार्यक्रमस्थलमै भेटेको हुँ । त्यस यता मेरो जीवनमा जे–जे मलाई गुन लगाउनुभयो, त्यसप्रति म अहिले पनि कृतज्ञता व्यक्त गर्छु । तर देउवाकै कारण कर्ण मल्ल रातोपाटीमा अन्तर्वार्ता दिने भएको हो कसैले भन्छ भने त्यो शत प्रतिशत गलत हो ।
जहाँसम्म ओलीको कुरा छ, मलाई समर्थन गर्नुपर्यो भनेर मैले ओलीलाई निवेदन हालेको होइन । उहाँले नै सहयोग गर्छु भन्नुभयो, मैले हुन्छ भनेँ । तर निर्वाचनमा एमालेको एउटा संगठित सदस्य मेरो साथमा उभिएनन् । म तथ्यका आधारमा समर्थन र विरोध गर्छु ।
डडेल्धुराका जनताले माया नगरेको भए दुई–दुई पटक पार्टीले कारबाही गरेको कर्ण मल्ल अहिले पनि राजनीतिमा सक्रिय हुन सक्छ कोही ? डडेल्धुराका जनताको मनमा नभएको भए सत्ताको दुरुपयोग गरेर मलाई देउवा हराउन लाग्दा पनि दुई–दुई पटक पार्टीको डडेल्धुराको सभापति बन्न सक्छु ? प्रदेश सांसदमा मलाई हराउन लाग्नुभयो देउवा । त्यसमा पनि जितेँ । यसपटक माओवादीका १४ हजार भोट लिएर देउवाले जितेका हुन् । मैलेमात्र होइन, मैले सहयोग गरेका डा. तारा जोशीले पनि निर्वाचन जिते । अनि यो जनताले मन पराएको होइन ?
पहिलो त पार्टी सभापति वा अध्यक्ष सबैको हुनुपर्छ । विधान कार्यान्वयन गर्ने प्रमुखकर्ता नै उहाँहरू हो । तर उहाँहरूले नै विधि कार्यान्वयनबाट अलग राख्नुभयो । हो, अब यस्ता प्रवृत्तिका नेता र पार्टीले देशको हित गर्दैन भनेका हुन् कर्ण मल्ल र भीम रावलले । सत्य बोल्न नपाउने पार्टीको विधानमा छ र ?
भीम रावलले त्यस्तो गर्नुभएको छैन । एमसीसी देशको खिलाफमा छ भन्नुभयो, के गलत भयो ? दफावार छलफल गरौँ भन्नुभयो, के गलत भयो ? तिनै केपी ओलीले सुरुमा एमसीसीको विरोधमा बोलेका होइनन् ? विदेशीको कुदृष्टि नेपालमा छ, त्यसको विरोधमा बोल्न सक्ने साहस राख्ने एउटामात्र नेता भीम रावल हो ।
भविष्यको गर्भमा छ ।
शेरबहादुर देउवाले कांग्रेस छाडिसके । केपी ओलीले कम्युनिस्ट छाडिसके । कर्ण मल्लले कांग्रेस र भीम रावलले कम्युनिस्ट छाडेको होइन ।
गठबन्धन गर्दासमेत आफ्नै जिल्लामा, प्रदेशमा कांग्रेसको एउटै उम्मेदवार जिताउन नसक्ने शेरबहादुर देउवालाई घाटा भयो कि नाफा ? गठबन्धन नगरेको भए आफैँ पनि हार्थे । आउँदो निर्वाचनमा कसैसँग तालमेल नगरी मसँग चुनाव लड्न देउवालाई चुनौती दिन्छु ।
यो व्यवस्थाले के दिएको छ र मानिरहने ?
यो व्यवस्था आफैँ फालिन्छ । देउवा र ओलीले नै फाल्छन् ।
स्थानीय र संघीय सरकारमात्र रहने । प्रदेश त क्यान्सर नै भइसक्यो । हिन्दु राज्य हुनुपर्छ । कुनै न कुनै ढंगको राजसंस्था चाहिन्छ ।
अहिले नै त्यही ढंगले नबुझौँ । तर, सहकार्य हुनसक्छ । यी एजेन्डा बीपी कोइराला र कृष्णप्रसाद भट्टराईका एजेन्डा हुन् । कहाँ कमल थापा, राजेन्द्र लिङ्देनका हुन् र ?
परिवर्तन छ । ठुलो परिवर्तन भइरहेको छ । विश्वप्रकाश शर्मा र गगन थापा केपी ओलीलाई सत्तोसराप गर्दै सुत्नुभयो । उठ्दाखेरी चाहिँ केपी ओलीलाई ब्रह्मा, विष्णु, महेश्वर भन्दै उठ्नुभयो र संसदतिर लाग्नुभयो । यही कांग्रेस पार्टीले सुजाता कोइरालालाई परराष्ट्रमन्त्री बनाउँदा खेरी ठुलो रेक्टरको भूकम्प गएको थियो । गिरिजाप्रसादको छोरीलाई मन्त्री बनाइयो भनेर सुशील दाले समेत विरोधमा विज्ञप्ति निकालेर तीन महिना मौन बस्नुभएको थियो । अहिलेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले त ठुलो आक्रोश पोखेका थिए । तर आज सभापति शेरबहादुर देउवाले श्रीमतीलाई त्यही जिम्मेवारी दिँदा खेरी क्रान्तिकारी, सिद्धान्तनिष्ठ, कर्तव्यनिष्ठ महामन्त्रीहरू मौन हुनुहुन्छ । बरु उल्टै चाकडीमा रातदिन धाइरहेका छन् भन्ने सुन्छु । योभन्दा ठुलो परिवर्तन के हुन्छ ?
(बाँकी कुराकानी भिडियोमा)
प्रतिक्रिया