युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको लागि दरखास्त आह्वान

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको नियुक्तिको लागि दरखास्त आव्हान गरेको छ ।
बुधबार प्रकाशित सूचनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अनुसार गठित कोषको उपाध्यक्ष सिफारिस समितिले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष नियुक्तिको लागि योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना व्यक्तिको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्नुपर्ने बताइएको छ ।
नियमावलीको नियम ९ को उपनियम (४) को खण्ड (ग) बमोजिमको योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र (२०८१/१०/०४ गतेसम्म) सिफारिस समितिको सचिवालय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।
दरखास्तका साथ पेस गर्नुपर्ने कागजातहरू, दरखास्त फारमको नमुना, कार्ययोजनाको सम्भावित खाका, मूल्याङ्कनका आधारहरू र अन्य जानकारीको लागि युवा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.moys.gov.np मा हेर्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी
-
एसियाली सेयर बजार रक्ताम्मे
-
शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने