काराबाओ कपको सेमिफाइनल : पहिलो लेगमा आर्सनल हार्यो
बुधबार, २४ पुस २०८१, ०५ : ४४

काठमाडौं । प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले इएफएल अर्थात् काराबाओ कपको सेमिफाइनल पहिलो लेग गुमाएको छ । मंगलबार राती भएको इमिरेट्स स्टेडियममा भएको पहिलो लेग न्यूक्यासल युनाइटेडले २–० ले आफ्नो पक्षमा पार्यो ।
न्यूक्यासलका लागि एलेक्जेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । न्यूक्यासलले कहिल्यै यो प्रतियोगिता जितेको छैन । तर, आउँदो फेब्रुअरी ५ मा सेन्ट जेम्स पार्कमा हुने दोस्रो लेगमा जित हासिल गरे वा गोल अन्तरमा माथि रहे न्यूक्यासलका लागि तीन सिजनमा दोस्रो फाइनल हुनेछ ।
पहिलो लेग गुमाएको आर्सनललाई अगाडि जान जितले मात्रै पुग्ने छैन, फराकिलो गोल अन्तर चाहिने छ । यस्तै, बुधबार राती हुने अर्को सेमिफाइनल पहिलो लेगमा बुधबार राती टोटन ह्याम र लिभरपुल भिड्दै छन् । यो प्रतियोगिताको फाइनल भने १६ मार्चमा वेम्बलीमा हुने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान