केयु अन्तर्गत पत्रकारिता स्नातक तहको कार्यक्रम सुरु

पाटन । काठमाडौँ विश्वविद्यालयले अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गरेको छ । स्कुल अफ आर्ट्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ महिनादेखि सुरु गरिने विश्वविद्यालयको स्कुल अफ आर्टस्की डीन एक्कुमाया पुनले जानकारी दिईन् । ्
‘चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणालीअन्तर्गत आठ सेमेस्टरसम्म पठनपाठन हुनेछ । विद्यार्थीहरूले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सीप हासिल गर्न पाउनेछन्’, उनले भनिन् ।
भाषा तथा आमसञ्चार विभाग स्कुल अफ आर्ट्सका विभागाध्यक्ष डा. निर्मलमणि अधिकारीका अनुसार अङ्ग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधा तथा बहुविधात्मक सांस्कृतिक अध्ययनका साथसाथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीति पनि पाठ्यक्रममा समेटिएको छ ।
प्राध्यापक डा. अभि सुवेदीले यस कार्यक्रमले स्नातकलाई शिक्षा, पत्रकारिता, प्रकाशन, जनसम्पर्क, अनुसन्धान, गैर–सरकारी सङ्गठन, कर्पोरेट सञ्चार र अन्य धेरै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सघाउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा