शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

ट्रम्पसँग सम्बन्ध सुधार्न ‘फ्याक्ट चेक’हटाउँदै मेटा

बुधबार, २४ पुस २०८१, ०१ : २८
बुधबार, २४ पुस २०८१

काठमाडौं । फेसबुक तथा इन्स्टाग्रामलाई फ्याक्ट चेकर्सबाट छुटकरा मिलेको छ । मेटाले फेसबुक र इन्स्टाग्राममा स्वतन्त्र तथ्य जाँचकर्ताको उपयोग बन्द गरेर त्यसको साटो एक्स शैलीमा ‘कम्युनिटी नोट्स’राख्ने तयारी गरेको छ । 

जहाँ पोष्टको सटिकतामाथि टिप्पणी गर्ने जिम्मा उपयोगकर्तालाई छोडिएको छ । मंगलबार कम्पनीले एक ब्लग पोष्टसँगै पोष्ट गरेको भिडियोमा प्रमुख कार्यकारी मार्क जुकरबर्गले भनेका छन्, ‘तेस्रो पक्षको मोडरेटर अधिक राजनीतिक रुपमा पक्षपाती थिए । र, यो हाम्रा लागि फिर्तिको समय हो ।’

यो महिनाको अन्तिममा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार सम्हाल्नुअघि उनीसँगको सम्बन्ध सुधारका लागि मेटाले यो कदम चालिएको बताइँदै छ । ट्रम्प र उनका रिपब्लिकन सहयोगीहरुले तथ्य जाँच नीतिलाई लिएर मेटाको कडा आलोचना गरेका थिए । जसलाई रिपब्लिकनहरुले दक्षिणपन्थी आवाजको सेन्सरसिपसम्म भन्न भ्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप