१२ बजे, १२ समाचार : सशस्त्रका चार डीआईजीहरुको पदावधि थपदेखि कुलमानलाई हटाउन मन्त्री खड्काको जोडबलसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. मन्त्रिपरिषद् बैठक
सशस्त्र प्रहरीका चार जना डीआईजीहरुको पदावधि थप गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरुको पदावधि थप गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि १ वर्ष थप भएको हो ।
२. सहकारी ठगी प्रकरण
रास्वपाका संस्थापक सभापति रवि लामिछानेको मुद्दामा उनी पक्षका वकिलहरूले बहस सिद्ध्याएका छन् । मंगलबार ८ वकिल र सोमबार ३ जना गरी ११ वकिलले रविको पक्षमा बहस गरे । मंगलबार वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईं, डा नारायण घिमिरे, अधिवक्ताहरू सुरज बस्नेत, सञ्जय गोले, सुनिता रावत, डा नारायण कँडेल, सुदीप पन्त र रोहितराज बास्तोलाले बहस गरेका हुन् ।
३. प्राधिकरणमा टसल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का जसरी पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने पक्षमा देखिएका छन् । यसकै निरन्तरता स्वरुप खड्काले सोमबार घिसिङलाई ९ बुँदे स्पष्टीकरण पत्र पठाएका छन् । ६ महिनाको अवधिमा ऊर्जा मन्त्रालयले घिसिङलाई सोधेको यो तेस्रो स्पष्टीकरण हो ।
४. चीनमा भूकम्प नेपालसम्म धक्का
चीनको सिजाङस्थित डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार भूकम्पका कारण कम्तीमा १ सय ८८ जना घाइते भएका छन् ।
. सकियो माओवादी बैठक
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय कमिटी बैठक १६ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो । बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ छ ।
६. एमाले बैठक सम्पन्न
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको हो । बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ ।
७. न्यायालय
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले अडियो र भिडियोलगायत सामाग्री मगाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश दिएको हो ।
८ रिट फिर्ता
व्यवसायी एवं सांसद विनोद चौधरीको चौधरी ग्रुप मुछिएको बाँसबारीको १० रोपनी जग्गा विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदकले नै फिर्ता लिएका छन् । सीजी चाँदवाग रेसिडेन्सी प्रालिको तर्फबाट अध्यक्ष संजय ठाकुरले पुस २३ गते आफूले दायर गरेको रिट फिर्ताका लागि निवेदन दिएका थिए ।
९. अपराध
ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार बिहान दुई भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरेको छ ।
यस्तै ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम घर भई कास्की पोखरा महानगरपालिका(६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र कास्की पोखरा महानगरपालिका(५ प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्री रहेका छन् ।
१०. धान बाली
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ । तर धानको उत्पादन भने बढ्दो क्रममा छ । पछिल्लो पाँच वर्षमा धान बाली हुने क्षेत्रफल ५२ हजार हेक्टर घटेको छ । तर उत्पादन भने ३ लाख मेट्रिक टनले बढेको छ ।
११. मापदण्ड परिवर्तन
नेपालमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूको मापदण्ड संशोधन गर्ने प्रक्रिया अघि बढेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सबै प्रकारका तारे होटलदेखि पर्यटक आवास ९रिसोर्ट० हरूका लागि निर्धारित विद्यमान मापदण्ड संशोधन गर्न लागेको हो ।
१२. फरक मतमाथि दमन
पूर्वएमाले नेता राधाकृष्ण मैनाली फरक मत राख्नेलाई पाखा लगाउने काम तत्कालीन महासचिव माधवकुमार नेपालको पालादेखि नै भएको जिकिर गर्छन् । नेपाललाई उक्साउने काम ओलीले गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
-
ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
-
एमालेका काठमाडौँ जिल्ला सदस्य पूर्णमान लामा बलात्कार आरोपमा पक्राउ
-
१० बजे १० समाचार : एक दिनमै छुटिन् ऋषिकेश पत्नी, राप्रपामा ‘कार्ड पोलिटिक्स’
-
हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छ : कानुन मन्त्री