१० बजे १० समाचार : चीनमा भूकम्प नेपालसम्म धक्का, एकैदिन सकिए एमाले र माओवादीको बैठक
आज २०८१ पुस २३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- चीनमा भूकम्प नेपालसम्म धक्का
चीनको सिजाङस्थित डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार भूकम्पका कारण कम्तीमा १ सय ८८ जना घाइते भएका छन् ।
- सकियो माओवादी बैठक
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले १६ समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय कमिटी बैठक १६ वटा प्रस्ताव पारित गर्दै समापन भएको हो । बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ छ ।
- एमाले बैठक सम्पन्न
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको हो । बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ ।
- सहकारी ठगी प्रकरण
रास्वपाका संस्थापक सभापति रवि लामिछानेको मुद्दामा उनी पक्षका वकिलहरूले बहस सिद्ध्याएका छन् । मंगलबार ८ वकिल र सोमबार ३ जना गरी ११ वकिलले रविको पक्षमा बहस गरे । मंगलबार वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईं, डा नारायण घिमिरे, अधिवक्ताहरू सुरज बस्नेत, सञ्जय गोले, सुनिता रावत, डा नारायण कँडेल, सुदीप पन्त र रोहितराज बास्तोलाले बहस गरेका हुन् ।
- न्यायालय
नेपाल बार एसोसिएसनका अध्यक्ष गाेपालकृष्ण घिमिरेविरुद्धको अदालतकाे अवहेलना मुद्दामा सर्वोच्च अदालतले अडियाे र भिडियाेलगायत सामाग्री मगाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश दिएको हो ।
व्यवसायी एवं सांसद विनोद चौधरीको चौधरी ग्रुप मुछिएको बाँसबारीको १० रोपनी जग्गा विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदकले नै फिर्ता लिएका छन् । सि.जि. चाँदवाग रेसिडेन्सी प्रालिको तर्फबाट अध्यक्ष संजय ठाकुरले पुस २३ गते आफूले दायर गरेको रिट फिर्ताका लागि निवेदन दिएका थिए ।
- अपराध
ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार बिहान दुई भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरेको छ ।
ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम घर भई कास्की पोखरा महानगरपालिका-६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र कास्की पोखरा महानगरपालिका-५ प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्री रहेका छन् ।
- प्राधिकरणमा टसल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का जसरी पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने पक्षमा देखिएका छन् । यसकै निरन्तरता स्वरुप खड्काले सोमबार घिसिङलाई ९ बुँदे स्पष्टीकरण पत्र पठाएका छन् । ६ महिनाको अवधिमा ऊर्जा मन्त्रालयले घिसिङलाई सोधेको यो तेस्रो स्पष्टीकरण हो ।
- धान बाली
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ । तर धानको उत्पादन भने बढ्दो क्रममा छ । पछिल्लो पाँच वर्षमा धान बाली हुने क्षेत्रफल ५२ हजार हेक्टर घटेको छ । तर उत्पादन भने ३ लाख मेट्रिक टनले बढेको छ ।
- मापदण्ड परिवर्तन
नेपालमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूको मापदण्ड संशोधन गर्ने प्रक्रिया अघि बढेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सबै प्रकारका तारे होटलदेखि पर्यटक आवास (रिसोर्ट) हरूका लागि निर्धारित विद्यमान मापदण्ड संशोधन गर्न लागेको हो ।
- फरक मतमाथि दमन
पूर्वएमाले नेता राधाकृष्ण मैनाली फरक मत राख्नेलाई पाखा लगाउने काम तत्कालीन महासचिव माधवकुमार नेपालको पालादेखि नै भएको जिकिर गर्छन् । नेपाललाई उक्साउने काम ओलीले गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुस रकमसहित सहायक लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्य अख्तियारको नियन्त्रणमा
-
अदालतमा अन्जला : हाजिर भएकै दिन बयान र थुनछेक बहस सकेर थुनामुक्त
-
दुर्गा प्रसाईं समर्थकले गभर्नर र पवन गोल्यानलाई दिएका थिए धम्की
-
दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता
-
‘बा’मालेहरूले मलाई राजावादी भन्नु हास्यास्पद : भीम रावल
-
अपि हिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गर्न अध्यक्ष प्रचण्डसँग आग्रह