मन्त्रिपरिषद्को बैठक जारी, सशस्त्रको डीआईजीको पदावधि थप गर्ने तयारी
मङ्गलबार, २३ पुस २०८१, २० : ३३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो ।
बैठकले सशस्त्र प्रहरीका चार डीआईजीकाे पदावधि थप गर्ने बताइएको छ ।
यसबारे प्रस्ताव यसअघिनै मन्त्रिपरिषदमा गइसकेको र आज निर्णय हुने सम्भावना अधिक रहेको गृह स्रोतले बताएको छ ।
यसबाहेक सरुवा बढुवासहित दैनिक प्रशासनिक निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।