दिल्लीमा फेब्रुअरी ५ मा विधानसभाको निर्वाचन
मङ्गलबार, २३ पुस २०८१, २० : ३०

नयाँ दिल्ली । भारतको दिल्लीमा फेब्रुअरी ५ मा विधानसभाको निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले मंगलबार दिल्ली विधानसभा चुनावको मिति तोकेको हो ।
दिल्ली विधानसभाको नतिजा भने निर्वाचनको तीन दिनपछि अर्थात् फेब्रुअरी ८ मा आउने आयोगका प्रमुख आयुक्त राजीव कुमारले बताएका छन् । दिल्लीका ७० सिटमध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् ।
दिल्लीमा १ करोड ५५ लाख मतदाता छन् । उक्त निर्वाचनमा राजधानीसमेत रहेको दिल्लीमा १३ हजारभन्दा बढी मतदान केन्द्र रहने आयोगको भनाइ छ ।
दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टी (आप)को सरकार रहेको छ । आपले दिल्लीका सबै ७० सिटमा उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । भारतीय जनता पार्टी (भाजपा)ले पनि २९ उम्मेदवार तथा कांग्रेसले ४० भन्दा बढी उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा