बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मापदण्ड विपरीतका ९७ वटा पानीका जार नष्ट

मङ्गलबार, २३ पुस २०८१, १९ : ४९
मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीत ९७ वटा पानीका जार नष्ट गरेको छ । विभागले मोबाइल फुड ल्याब भ्यान मार्फत अनुगमन गर्दा चन्द्रागिरि नगरपालिका क्षेत्रका मापदण्ड विपरीत ९७ वटा पानीका जार नष्ट गरेको हो । 

सो क्षेत्रका ६ वटा प्रशोधित पिउने पानी उद्योगहरूको निरीक्षण अनुगमन तथा मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउने पानीका नमुनाहरू परीक्षण गरेको थियो । निरीक्षणको क्रममा सफा जारहरू प्रयोग गर्नुपर्नेमा पुराना तथा कुच्चिएका जारहरूको प्रयोग गरेको पाइएका ९७ थान जार नष्ट गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

सोही नगरपालिका क्षेत्रमा दुध तथा दुग्ध पदार्थका खाद्य व्यवसायहरूमा निरीक्षण अनुगमन गरिएको छ । उक्त क्षेत्रमा रहेका डेरी तथा बेकरी पसलको निरीक्षण अनुगमन गरी बिक्री वितरणमा राखिएका दूधको ७ वटा, खुवाको १ वटा, घ्यूको ५ वटा, पनिरको १ वटा, दहीको ३ वटा र महको १ वटा गरी जम्मा  १८ थान नमुनाहरू संकलन गरी परीक्षण गरिएको छ । निरीक्षण अनुगमन क्रममा एन डी डी कृषि तथा पशुपन्छी फार्म चन्द्रागिरि–१५ मा उपभोग्य मिति गुज्रेका ४ थान दही तथा १ थान लच्छा पराठा पाइएकामा नष्ट गरिएको महर्जनले बताए । यस्तै, पौडेल डेरी चन्द्रागिरि न.पा. १२ को खुला दुधको नमुना परीक्षणमा १२ लि. खानयोग्य नरहेकोमा पाइएको छ । सो दूध नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप