कास्की अदालतबाहिर रास्वपा कार्यकर्ताद्वारा ओली र थापाविरुद्ध नाराबाजी
मङ्गलबार, २३ पुस २०८१, १९ : ४१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विरुद्ध नाराबाजी गरेका छन् । कास्की जिल्ला अदालतअघि उनीहरूले मंगलबार प्रदर्शन गरेका हुन् ।
रास्वपाका संस्थापक सभापति (निलम्बित) रवि लामिछानेलाई अदालतको बहस सिध्याएर निकाल्ने क्रममा उनका समर्थकहरूले प्रधानमन्त्री ओली र कांग्रेस महामन्त्री विरुद्ध नारा लगाएका हुन् । सत्तापक्षले सरकारी वकिललाई दबाब दिएर रवि विरुद्ध मुद्दा दर्ता गरेको रवि पक्षका वकिलहरूले बहस गरेका छन् ।
रविका समर्थकहरूले त्यही बुझाइका आधारमा प्रदर्शन गरेका हुन् । मंगलबार रविपक्षीय कानुन व्यवसायीहरूले बहस सिध्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म