बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

कुल गार्हस्थ्य उत्पादन ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान

मङ्गलबार, २३ पुस २०८१, १९ : ३३
मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । मंगलबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो पाइएको हो । 

कार्यालयका अनुसार त्रैमासिक अवधिमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा वृद्धि, पर्यटन आगमनमा वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि प्रमुख कारक रहेको जनाएको छ । यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको छ । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ ।

त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को  पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ । गत आ.व.को चौथो त्रैमासिकको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको जनाएको छ । यद्यपि, विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप