असदको पतनपछि पहिलो पटक दमस्कस विमानस्थलमा उत्रियो व्यवसायीक विमान

दमस्कस । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदको २४ वर्ष लामो शासन पतन भएको झण्डै एक महिना बितेको छ । यसबिच राजधानी दमस्कसमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान उत्रिएको छ ।
मंगलबार दमास्कस विमानस्थलमा कतारबाट एउटा व्यावसायिक उडान अवतरण भयो । जोर्डनको सरकारी समाचार एजेन्सी पेट्राका अनुसार रोयल जोर्डन एयरलाइन्सको विमान परीक्षणका लागि दमास्कस प्रस्थान गरेको थियो । यो उडानको उद्देश्य नियमित उडान सुरु गर्नुअघि दमास्कस विमानस्थलको प्राविधिक अवस्थाको मूल्याङ्कन गर्ने भएको नागरिक उड्डयन नियामक आयोगका प्रमुख क्याप्टेन हाइथम मिस्टोले बताए ।
एक महिना अघि असद सत्ताबाट च्यूत भएपछि पूर्व सरकारसँगको सम्बन्ध तोडेका अरब र पश्चिमी देशहरूले सिरियाको नयाँ डी फ्याक्टो अधिकारीहरूसँग कूटनीतिक सम्बन्ध सुचारु गरेका छन् । तहरीर अल–शाम (एचटीएस)को नेतृत्वमा उक्त विद्रोह भएको थियो । यसैबिच आइतबार सिरियाका नवनियुक्त विदेशमन्त्रीले दोहामा आफ्ना कतारी समकक्षी र कतारका प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
डिसेम्बर ८ देश छाडेर भागेका थिए असद
विद्रोहीहरूले राजधानी दमस्कस कब्जा गरेपछि डिसेम्बर ८ मा असद सिरिया छाडेर भागेका थिए । योसँगै उनको २४ वर्षिय शासन त समाप्त भयो नै असद परिवारको पाँच दशकको शासनको पनि अन्त्य भयो । नोभेम्बर २६ देखि सिरियामा एचटीएसको नेतृत्वमा विद्रोह सुरु भएको थियो । १३ दिनमै उक्त समूहले असदलाई सत्ताच्यूत गरे । विद्रोही सेना राजधानी छिरेपछि असद परिवारसहित रुसको शरणमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण