प्रशासनिक नेतृत्वको कारणले सेवा प्रवाहमा समस्या छ : महेश बर्तौला

मकवानपुर । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारणले नागरिकलाई विकास निर्माण तथा सेवा प्रवाहमा समस्या भएको बताएका छन् । राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोकेको उनले बताए ।
उद्योग संघ मकवानपुरको २३ औँ साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख सचेतक बर्तौलाले उद्योग मैत्री वातावरण निर्माण राज्यले गर्नुपर्ने बताए । राजनीतिक अस्थिरताका कारण उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको उनले बताए ।
‘प्रशासनिक नेतृत्वको कारण डेलिभरिमा समस्या छ । राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोकेको छ,’ उनले भने, ‘मध्यवर्ती क्षेत्रको नाममा हेटौंडाको मयुरधारप औद्योगिक क्षेत्र निर्माणको काममा रोक्ने काम भएको छ । ९ वर्षदेखि मयुरधाप औधोगिक क्षेत्रको काम अघि बढ्न सेको छैन । उद्योग मन्त्रालयले समस्या हटाउन फाइल उठाउने पेस गर्ने काम गर्यो । तर, वनको विभिन्न कारणले सो औद्योगिक क्षेत्रको काम हुन सकेको छैन ।’
उनका अनुसार उद्योग क्षेत्रहरू धारासायी अवस्थामा पुगेका छन् । आर्थिक संकटका कारण हेटौंडा सिमेन्ट उद्योग कोमामा पुगेको उनको भनाई छ । सो उद्योग सञ्चालनको स्थितिमा पुर्याउनका लागि अनिवार्य दायित्व ७५ करोड रुपैयाँ राज्यले व्यहोर्नुपर्ने अवस्था रहेको उनले बताए । उद्योग नीति परिमार्जन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
राज्यले प्रशासनिक समस्या हल गर्दै उत्पादित वस्तुको बजार राज्यले गर्नु जरुरी रहेको उनको भनाई छ । उद्योगहरूको समस्याका बारेमा नीति संवादका माध्यमबाट छलफल गरी बलियो अर्थतन्त्र, रोजगारी सृजना तथा आयात प्रतिस्थापनका लागि काम गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले राजस्व वृद्धिमा सरकारको ध्यान जाँदा आयात बढिरहेको बताए । सरकार आयातमुखी बन्दा उद्योगमैत्री वातावरण बन्न नसकेको उनले बताए । उनका अनुसार खुल्ला सिमाना र भन्सारले आर्थिक गतिविधिमा संकुचन ल्याएको छ । बजारमा माग बढाउन नसक्दा उद्योगहरूको अवस्था कमजोर बनिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा