रविका वकिलले भने– उहाँलाई पैसा आएको थाहा थियो, गैरकानुनी भन्ने थाहा थिएन
पोखरा । रास्वपाका संस्थापक सभापति रवि लामिछानेको मुद्दामा उनी पक्षका वकिलहरूले बहस सिद्ध्याएका छन् । मंगलबार ८ वकिल र सोमबार ३ जना गरी ११ वकिलले रविको पक्षमा बहस गरे ।
मंगलबार वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईं, डा नारायण घिमिरे, अधिवक्ताहरू सुरज बस्नेत, सञ्जय गोले, सुनिता रावत, डा नारायण कँडेल, सुदीप पन्त र रोहितराज बास्तोलाले बहस गरेका हुन् ।
बहसका क्रममा सेढाईंले सहकारीबाट गोर्खा मिडियामा रकम गएकोबारे रवि लामिछानेलाई जानकारी भएको बताएका छन् । ‘पैसा आएको कुरा रवि लामिछानेलाई थाहा थियो तर गैरकानुनी बाटोबाट आएको हो भन्ने थाहा थिएन,’ उनले भने ।
सेढाईंले सरकारले नियत राखेरै लामिछानेविरुद्ध मुद्दा चलाएको आरोप लगाए । ‘जुनजुन मुद्दा लगाए पनि हुन्छ तर जसरी पनि रविलाई मुद्दा लगाउनैपर्छ भन्ने नियत राखेर सरकारले मुद्दा दायर गर्यो । यो ठिक होइन,’ उनले भने ।
घिमिरेले सम्पत्ति शुद्धीकरण मुद्दा लगाउँदा खातामा आएको रकमबारे स्पष्टीकरण दिने मौका नदिइएको बताए । उनले हदम्याद नै नभएको मुद्दा दर्ता हुन नसक्ने भन्दै खारेजीको माग गरे ।
घिमिरेले सरकार गलत मनसाय लिएर अदालतमा उपस्थित भएको भन्दै आलोचना गरे ।
‘कानुन विज्ञान हो । कानुनलाई तोडमोड गर्न मिल्दैन । हदम्याद नै नभएको मुद्दा दर्ता हुन सक्दैन,’ घिमिरेले भने, ‘रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दा लगाइयो तर सम्पत्तिको स्रोत के हो भनेर सफाइ दिने मौका दिनुपर्थ्यो । दिइएन, यो गलत हो ।’
घिमिरेले सरकार गलत मनसाय लिएर अदालतमा उपस्थित भएको भन्दै आलोचना गरे ।
अधिवक्ता सुदीप पन्तले लामिछाने पक्राउ परेका कारण सारा नेपालीमा निरुत्साहन बढेको भन्दै विदेशमा भएका कोही पनि नेपाल नआउन अपिल गर्ने तर्क गरे । ‘उहाँको पक्राउले हामी सबै डिमोटिभेटेड भएका छौँ । विदेशमा भएको कोही मान्छे नेपाल आउँछु भन्छ भने नआउन भन्छु,’ उनले भने, ‘किनकि नेपालमा जे पनि हुन्छ भनिदिन्छु ।’
उनले सरकारी वकिललाई अभियोगपत्र फ्रेममा हालेर सजाउन सुझाव दिए । ‘अभियोगपत्र मन परेको हो भने फ्रेममा हालेर राख्नुस् । अदालतमा लिएर नआउनुस्,’ उनले भने ।
‘गोर्खा मिडियाका मालिक जीबी राईले भनेबमोजिम रवि लामिछानेले काम गरेको हो । यो मुद्दामा जोडिएका सबै विषय सहकारीबाट बरामद भएका प्रमाण हुन्, यसबाट रवि लामिछानेलाई मुद्दा लाग्दैन,’ उनले भने ।
सुरज बस्नेतले लामिछानेबाट अपराध नभएको तर्क गरे । ‘रवि लामिछानेले अपराध गरेको भए भाग्नुहुन्थ्यो । अपराध नगरेका कारण भाग्नुभएन,’ उनले भने, ‘संसारमै संगठित अपराध भन्ने हुँदैन । सम्मानित अदालतले विचार गर्नुपर्छ ।’
अर्का अधिवक्ता सञ्जय गोलेले गोर्खा मिडियासँग गरेको सम्झौता बमोजिम रवि लामिछानेको भूमिका रहेकाले सहकारीमा जबाफदेहिता नरहने बताए । ‘रवि लामिछानेले गोर्खा मिडियासँग गरेको सम्झौता बमोजिमको काम गर्नुभएको हो । उहाँको जबाफदेहिता गोर्खा मिडियाप्रति मात्रै हुन्छ । सहकारीकोबारे कुनै जबाफदेहिता उहाँसँग हुँदैन,’ उनले भने ।
डा. नारायण कँडेलले जीबी राई कम्पनीको मालिक र लामिछाने उनको इशारामा काम गर्ने व्यक्ति मात्रै भएकोले सहकारी मुद्दा लामिछानेमाथि लगाउन नहुने तर्क गरे ।
‘गोर्खा मिडियाका मालिक जीबी राईले भनेबमोजिम रवि लामिछानेले काम गरेको हो । यो मुद्दामा जोडिएका सबै विषय सहकारीबाट बरामद भएका प्रमाण हुन्, यसबाट रवि लामिछानेलाई मुद्दा लाग्दैन,’ उनले भने ।
अधिवक्ता रावतले भने लामिछाने ड्यासिङ पर्सनालिटी भएकाले थुन्न नहुने बताइन् । रोहितराज बास्तोलाले कुनै पनि अपराधमा लामिछानेको संलग्नता नरहेकाले रिहा गर्नुपर्ने दाबी गरे ।
बास्तोलाले बहसका क्रममा बढी समय लिएपछि न्यायाधीश नितिज राईले रोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी छ : मुख्यमन्त्री लामा
-
अन्योलमा टीआरसी : नेतृत्वलाई पीडितहरूको प्रश्न– सिफारिस समिति कहिले बन्छ ?
-
पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सचिवालय स्थापना
-
मधेस प्रदेश सरकारद्वारा शहीद परिवारहरूको बीमा कार्यक्रम सुरुवात
-
२०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति