बर्ड फ्लुका कारण अमेरिकामा एक जनाको मृत्यु
मङ्गलबार, २३ पुस २०८१, १९ : ११
वाशिङटन डीसी । अमेरिकामा बर्ड फ्लुका कारण एक जना पुरुषको मृत्यु भएको छ । दक्षिण पूर्वी अमेरिकी राज्य लुइजियानामा एक पुरुषको मृत्यु भएको छ ।
मृत्युको पूपिष्ट लुइजियानाको स्वास्थ्य मन्त्रालयले गरेको छ । अमेरिका भर बर्ड फ्लुको प्रकोप बढ्दै गइरहेको समयमा पहिलो पटक यसका कारण मान्छेको मृत्यु भएको हो ।
मृतक वृद्ध भएको र अन्य रोगबाट समेत पीडित भएको बताइएको छ । मृतकको उमेर ६५ वर्षभन्दा बढी थियो । साससम्बन्धी समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यसलाई अमेरिकामा बर्डफ्लु संक्रमणको पहिलो गम्भीर मामिला बताइएको छ । अमेरिकामा अहिलेसम्म ६७ जना मान्छेमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने