मुहूर्तसँगै छायाङ्कनमा निस्कियो 'सोल्टिनी'
काठमाडौँ । नेपाली फिल्म 'सोल्टिनी'को छायाङ्कन सुरु भएको छ । मङ्गलबार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ-मुहूर्त गर्दै फिल्मकाे छायाङ्कन सुरु गरिएको हो ।
३१ दिनको तालिकासहित फिल्मकाे छायाङ्कन सुरु गरिएको निर्देशक अर्जुन सुवेदीले बताए । प्रकाश सपुत, परीक्षा लिम्बु र सब्बु गुरुङले मुहूर्त शट दिए । फिल्मकाे इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ ।
फिल्ममा प्रकाश सपुत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले 'भीमसेन पोखरेल' र लिम्बुले 'दिलासा राई'को मुख्य भूमिका निभाउने घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।
समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने फिल्ममा प्रेम कथा पनि छ ।
फिल्मको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । फिल्म २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
-
ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ