प्रचण्डले भने–‘हामी केपी ओली जस्तो हुने थियौँ, जनार्दनको प्रस्तावले मद्दत गर्यो’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रस्तावले पार्टीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गरेको बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले छुट्टै प्रस्ताव ल्याएकोमा शर्मालाई धन्यवाद दिएका हुन् ।
‘परामर्श बैठकमा भएको बहसबाट नयाँ संश्लेषण र नयाँ विश्वासतिर पुर्याउन मद्दत गर्यो । त्यसकारण मैले हिजो जनार्दनलाई त्यसै धन्यवाद भनेको होइन । हामी केपी ओली जस्तो पनि हुन सक्ने थियौँ । तर त्यो बाटो गलत हो । यो बहसले हामीलाई नयाँ संश्लेषण र उचाइमा विकास गर्यो’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अघि उहाँ(जनार्दन)ले बोल्दा पनि तपाईँहरुले कत्तिको नोट गर्नुभयो । मैले त बुझिहाले । उहाँले पनि बुझिहाल्नुहुन्छ । त्यसकारण त्यसले अन्ततः मद्दतै गर्यो । अब समग्र समीक्षा कति मद्दत गर्यो गरेन आगामी महाधिवेशनमा गर्नेछौँ । अहिले नै फाइनलै गर्नुपर्छ भन्ने पनि छैन हुँदैन पनि ।’
यसैगरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने सवालमा पदाधिकारी बैठकको निर्णय सुनाउँदै उनले भने, ‘पदाधिकारीको बैठक बस्यौँ । त्यहाँ कतिपय साथीहरूले महाधिवेशन आयोजक समिति के गर्ने भन्नुभयो ? धेरै साथीहरू अहिले महाधिवेशन आवश्यक छैन । पछि गरेपनि हुन्छ भन्नुभयो । कतिपय साथीले त पहिला चुनाव जितौँ त्यसपछि गरेपछि हुन्छ पनि भन्नुभयो । कतिपयले छिटै गर्नुपर्छ पनि भन्नुभयो । अन्ततः पहिला अभियान चलाउने त्यसपछि महाधिवेशन गर्ने निर्णय भयो । अब हामी ६ महिना महाधिवेशनकै तयारीका रूपमा अभियान हुन्छ । त्यसपछि महाधिवेशन गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा