माओवादीद्वारा उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन
मङ्गलबार, २३ पुस २०८१, १७ : २७

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न 'उच्चस्तरीय पार्टी एकता संवाद समिति' गठन गरेको छ ।
मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठक समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चाँडै एकता वार्ताको पहल गर्ने बताए ।
समितिमार्फत विप्लव नेतृत्वको नेकपा, नेसपाको एक समूहसहित सबै विचार मिल्ने पार्टी तथा समूहसँग वार्ता गरेर एकतामा ल्याउन पहल गर्ने बताइएको छ ।
बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको एक नेताले बताए। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
-
लेखकीय प्रतिबद्धता र स्वतन्त्रताका चुनौती