प्रचण्डको दाबी– माओवादीको स्कुलिङ एमालेका नेताहरूलाई शिक्षा हुनेछ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन एमालेका नेता तथा कार्यकर्ताहरूलाई शिक्षा हुने दाबी गरेका छन् । पार्टीभित्र भएको जनवादको अभ्यास वा जुन स्कुलिङ भएको छ, त्यसले एमालेभित्रका इमानदार नेता तथा कार्यकर्ताका लागि शिक्षा हुने दाबी गरेका हुन् ।
मंगलबार बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले भने,‘पार्टीभित्र जुन स्कुलिङ भएको छ । एमालेभित्रका इमानदार नेता तथा कार्यकर्ताहरूलाई यसले राम्रो सन्देश दिन्छ । र, वाम ध्रुवीकरणका लागि वैचारिक, राजनीति र संस्कार निर्माण गर्न बल पुग्ने मेरो विश्वास छ ।’
यस्तै आफू सरकारमा हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उभिएको तर एमाले लगायत त्यसको विरुद्ध उभिएको आरोप लगाएका छन् । सरकारमा रहेका दलहरूले नै शिक्षा विधेयक, संघीय कर्मचारी विधेयक रोकेको आरोप लगाएको ती नेताले जानकारी दिए । यसैगरी प्रतिवेदन व्यवहारिक रूपमा लागु गर्दै जाने उनले प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ