चिकित्सकको आवरणमा घरमा प्रवेश, लट्ठ्याउने औषधी खुवाएर सुन र नगद चोरी
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत साथी बनेर गुलियो कुरा गर्ने ३० वर्षीय युवकले चोरी धन्दा चलाएको भेटिएको छ । महोत्तरी घर भएका जितेन्द्र मण्डलले डाक्टर हुँ भनेर घरमा प्रवेश गर्ने र चोर्ने धन्दा सञ्चालन गरेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल पछाडि एक वृद्धको घरमा उपचार गर्ने बहानामा प्रवेश गरेर उनले सुन र नगद लुटेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटमा संलग्न मण्डललाई नुवाकोटबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । स्वास्थ्य जाँच गर्न घरमा नै आउँछु भनेर उनले ती वृद्धलाई लट्ठ्याउने औषधी खुवाएर चोरेर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
नुवाकोटमा अर्का पीडितलाई लुट्न जाँदा उनी पक्राउ परेका हुन् । भक्तपुरको गाम्चा बस्दै आएका उनले सबैलाई ‘डाक्टर हुँ’ भन्ने गरेका थिए । उनको डेराबाट प्रहरीले विभिन्न प्रकारका औषधी बरामद गरेको छ ।
मण्डलले चोरेको सुन खरिद गर्ने जनकपुर र महोत्तरीका दुईजना सुन पसल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । सातदोबाटाे उनले १७ लाख बराबरको सुन र गहना चोरेर भागेका थिए । उनले चोरेको ८ तोला भन्दाबढी सुन प्रहरीले बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्याट्सम्यानहरु लयमा देखिएपछि मधेस प्रदेशसँग ४५ रनको अग्रता लियो पुलिस क्लबले
-
‘कार्साङ’ को अग्रिम बुकिङ खुला, कति पायो शो ?
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश
-
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव