केन्द्रीय समिति बैठक
प्रचण्डले भने– यो बैठक एकताको बैठक भएको छ
मङ्गलबार, २३ पुस २०८१, १७ : ०४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठक ऐतिहासिक र दूरगामी महत्त्व राख्ने किसिमको बन्न पुगेको बताएका छन् ।
‘मैले हिजो बिहान भनेजस्तै यो एकताको बैठक र श्रमिकका निम्ति विजयको बैठक बनेको छ । विजय यान्त्रिक रूपमा भनेको होइन, वैचारिक रूपमा, सांगठनिक र सांस्कृतिक रूपमा पनि वर्गसम्म फर्कने र उनीहरूलाई सँगै लिएर हिँड्ने सवालमा यो महत्त्वपूर्ण छ’, मंगलबारको केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले भने ।
उनले बैठकमा सक्रियरुपमा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै पार्टीलाई वाम विचारधारातिर फर्काउन बैठक सफल भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै