युरोपियन प्रिमियर लिग क्रिकेटमा अभिषेक बच्चनको लगानी

काठमाडौँ । बलिउड नायक अभिषेक बच्चनले खेलकुद क्षेत्रमा पनि लगानी गर्ने भएका छन् । उनले युरोपियन टी–२० प्रिमियर लिग क्रिकेट (ईटीपीएल) मा लगानी गर्न लागेको समाचारमा जनाइएको छ ।
अभिषेक युरोपियन प्रिमियर लिगसँग सह–मालिकको भूमिकामा जोडिन लागेका हुन् । युरोपियन टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि स्वीकृति प्रदान गरिसकेको छ ।
प्रतियोगिताको विस्तृत आर्थिक विवरण भने हालसम्म खुलाइएको छैन । यसका अतिरिक्त, अभिषेकले यो प्रतियोगिताका लागि लगानी गरेको रकम पनि सार्वजनिक गरिएको छैन ।
युरोपियन प्रिमियर लिग आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको साझेदारीमा निजी स्वामित्वमा आयोजना गर्न लागिएको फ्रेन्चाइज प्रतियोगिता हो ।
अभिषेकको आगमनले प्रतियोगितालाई विश्वब्यापी बनाउन थप बल पुग्ने विश्वास ईटीपीएलले ब्यक्त गरेको छ । प्रतियोगिता आगामी जुलाई १५ देखि अगस्त ३ तारिखसम्म सञ्चालन हुने बताइएको छ ।
अभिषेकले यसअघि पनि खेलकुद क्षेत्रमा लगानी गर्दै आएका छन् । उनी इन्डियन सुपर लिग फुटबल क्लब चेन्नाइयिन एफसीका पनि सह–मालिक हुन् ।
यसका अतिरिक्त, अभिषेकले भारतको प्रोफेसनल कबड्डी लिग क्लब जयपुर पिंक प्यान्थर्समा पनि लगानी गरेका छन् । त्यसैले क्रिकेट उनले लगानी गर्न लागेको तेस्रो खेल हो ।
‘क्रिकेट खेलमात्र होइन, विश्वभरका देशहरुलाई एकताको सुत्रमा बाँध्ने ससक्त माध्यम पनि हो । यसका लागि युरोपियन प्रिमियर लिग प्रभावकारी मञ्च सावित हुनेछ’ अभिषेकले भनेका छन् ।
युरोपियन प्रिमियर लिगमा ६ टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताका खेलहरु डब्लिन, बेलफास्ट, एम्सटरडम, रोटेरडम, ग्लासगोलगायतका स्थानमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती