ट्रम्पले किन्ने इच्छा देखाएको ग्रिनल्यान्ड जाँदै ट्रम्प जुनियर

वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ग्रिनल्यान्ड जाँदैछन् । डेनमार्कको उक्त स्वशासित क्षेत्र किन्न चाहेको भनेर ट्रम्पले अभिव्यक्ति दिएको दुई हप्ता नबित्दै डोनाल्ड ट्रम्प जुनियर ग्रिनल्यान्ड जान लागेका हुन् ।
निजी कामले उनी त्यसतर्फ जान लागेको र एक दिने यो यात्राका क्रममा उनले पोडकाष्टका लागि भिडियो रेकर्ड गर्ने भन्दै अमेरिकी सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
डिसेम्बरमा ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड किन्न चाहेको बताएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि ग्रिनल्यान्ड किन्ने इच्छा देखाएका थिए । तर त्यति बेला कसैले पनि उनको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको थिएन ।
तर डिसेम्बरमा उनले पुनः यस्तो आशय दोहोर्याएपछि यसले ठुलै बहस निम्त्यायो । त्यसपछि डेनर्माकले ग्रिनल्यान्डको रक्षा बजेट बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त