समितिबाट ८ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको ८ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय भएको बताएका छन् । मंगलबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा पनि आठ महिनासम्म पनि विधेयक पारित नहुनु दुःखको विषय भएको बताए ।
मन्त्री भण्डारीले समितिबाट विधेयक पारित हुन नसक्नुले सांसदहरूका काममाथि प्रश्न उठ्ने बताए । उनले एउटा कानुन बनाउन एक वर्षको समय लाग्ने कुराबाट देश विकास हुन नसक्ने बताए । समितिले विचाराधीन विधेयकलाई छिटो भन्दा छिटो पारित गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए । अहिलेका विद्यमान कानुनका जटिलताहरुबाट सरकार आजित रहेको बताए । समितिलाई पर्याप्त बिजनेस दिन मन्त्रालय तयार रहेको उनले बताए ।
मन्त्री भण्डारीले समितिलाई आग्रह गर्ने अधिकार सरकारको रहेको बताए । उनले भने, ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा पनि आठ महिना लाग्छ भने हामीले के गर्यौँ भन्नेकुराको पनि खोजी गर्ने हो कि ?’
मन्त्रीले आफ्नो धारणा राख्दै गर्दा समिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आपत्ति जनाए । मन्त्री भण्डारीको भनाइप्रति आपत्ति जनाउँदै पराजुलीले समितिले सरकारलाई निर्देशन दिनसक्ने भन्दै मन्त्रीले समितिमाथिको काम कारबाहीमा औँला उठाउन नपाउने बताए । समितिमा काम, कारबाही कसरी अघि बढेको छ भन्नेबारेमा जानकारी गराउने जिम्मेवारी सभापतिको भएको उनले बताए । मन्त्रीले समितिले दिएको निर्देशनको कार्यान्वयन गर्नुपर्ने बताए । समितिमा विधेयकहरू पठाउन नसक्नु मन्त्रालयको कमजोरी भएको उनले बताए ।
बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सरकारबाट आएका आग्रहलाई समितिले स्वीकार गर्ने बताए । उनले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उपसमितिले दिएका २० वटा सुझावहरु दिएको उल्लेख गर्दै २० वटै बुँदाको विषयमा मन्त्रालयको धारणा माग गरे । उनले लामो समयपछि पनि अहिलेसम्म विधेयक पास गर्न नसकेको अवस्थालाई समितिले पनि बुझेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने