असोजमा विशेष महाधिवेशन गर्नेगरी केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरौँ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अगामी असोजमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा विद्यामान केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरी भदौमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । शर्माले विधान अनुकूल बनाउन पनि विशेष महाधिवेशन आवश्यक भएको धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘हामीले समाजवादी क्रान्तिमा जान विभिन्न बाटाहरू खोल्नुपर्ने छ । पार्टीले थाल्ने लोकमार्ग अभियान प्रभावकारी बनाउनुपर्ने छ । जेठको आसपासमा सरकारले ल्याउने नीति तथा कार्यक्रममा जुट्नुपर्ने । असार साउनमा दस्ताबेज बनाउन समय पुग्नेछ । असोजको आसपासमा विशेष महाधिवेशन गर्नेगरी मिति अहिले नै घोषणा गरौँ । केन्द्रीय समिति बैठकलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरौँ’, शर्माको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।
यस्तै आफूले यसअघि बैठकमा राखेको प्रस्तावको सम्बन्धमा प्रचण्डको प्रतिवेदनमा धेरै आएकाले थप केही भन्नुपर्ने नरहेको उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ