‘चाइना फिल्म डे’का लागि चर्चित चिनियाँ अभिनेत्री यु हङ नेपाल आउने
काठमाडौँ । राजधानी काठमाडौँमा आयोजना हुन लागेको एक दिवसीय ‘चाइना फिल्म डे’का लागि चिनियाँ फिल्ममेकरहरूको भ्रमण टोलीको टुंगो लागेको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अनुसार १४ सदस्यीय टोलीको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले गर्नेछन् ।
टोलीमा गोल्डेन रुस्टर अवार्ड विजेता तथा चर्चित फिल्म ‘जी फर ग्याप’की अभिनेत्री यु हङ पनि समावेश छन् । उनी कार्यक्रमको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ, जहाँ उनले फिल्म स्क्रिनिङपछि दर्शकसँग अन्तरक्रिया गर्नेछिन् । टोलीमा चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ र टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ पनि सहभागी छन् ।
कार्यक्रममा फिल्म ‘पर्सनल पर्सिसटेन्स’का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, साथै ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी समेत उपस्थित हुनेछन् ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी, चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास र चाइना फिल्म आर्काइभको संयुक्त आयोजनामा क्युएफएक्सको छाया सेण्टरमा हुन लागेको कार्यक्रममा तीन चिनियाँ फिल्महरू प्रदर्शन गरिनेछ । जसमा यी हुई साओ निर्देशित फिल्म ‘हर स्टोरी ओपनिङ’ फिल्म रहनेछ । त्यस्तै, युडी झाङ निर्देशित ‘मिडसमर भोइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ फिल्महरू स्क्रिनिङपछि निर्माण टोलीले दर्शकसँग अन्तक्रिया गर्ने कार्यक्रम छ ।
समारोहको प्रमुख अतिथिको रूपमा पूर्वअर्थमन्त्री वर्षमान पुन उपस्थित रहने जनाइएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने एक महत्त्वपूर्ण कडी हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...