कल सेन्टरको आवरणमा लटरी र सट्टेबाजी : दुई भारतीय र ५ नेपालीविरुद्ध मुद्दा
काठमाडौँ । ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार बिहान दुई भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरेको छ ।
भारतीय नागरिकहरूले नेपालीहरूको समेत मिलेमतोमा कल सेन्टर सञ्चालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी काममा लगाई रहेको भन्ने विशेष सूचना पाएको थियो । सोही सूचनाको आधारमा सीआईबीको टोलीले सुरेन्द्र गोपाल श्रेष्ठको घरमा भाडामा लिएर सञ्चालित कल सेन्टरमा छापा मारेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका मनिष कुमार झा रहेका छन् । उनी टिम लिडर रहेका थिए । त्यस्तै ट्रेनिङ म्यानेजर रहेका भारतको गुजरात भएका राहुल मेगोडा पनि पक्राउ परेका छन् ।
यसैगरी एचआर म्यानेजर रहेकी ओखलढुंगाकी मोनी दाहाल, इन्चार्ज रहेकी सिन्धुपाल्चोक घर भएकी सुस्मिता नेपाली, म्यानेजर रहेका झापा घर भएका रोशन बस्नेत, काठमाडौँ घर भएका आईटी सपोर्ट आदित्य कुमार सिंह र काभ्रेपलाञ्चोक घर भएका सलिन श्रेष्ठ लगायत छन् ।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा सो कल सेन्टरबाट सिंगम लोटरी, एना लटरी, भाउ लटरी, र इन्डसबेट लटरीलगायत अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । उनीहरूले ह्वाट्सएपमार्फत विभिन्न डिजिटल वालेटहरूमा रकम जम्मा गर्न लगाइ सट्टाबाजी गर्ने गरेको खुल्न आएको बोगटीको भनाई छ ।
पक्राउ गरिएका भारतीय नागरिकहरू, केही समय अगाडी विभिन्न देशहरूमा सोही प्रकृतिको कारोबारमा संलग्न भएको र यसै समूहले हाल विभिन्न सात देशहरूमा समेत अवैध सट्टेबाजी क्रियाकलाप सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।
उनीहरूले नेपालमा भने विगत ९ महिनादेखि प्रोलिंक टेक सलुसन्स प्रालि नामक कम्पनी दर्ता समेत गरी कल सेन्टर खोली अवैध अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेको पाइएको बोगटीले बताए । प्रहरीले छापा मारेर ९६ थान मोबाइल र ८५ थान ल्यापटप पनि बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात् घटनामा संलग्न २ विदेशी र ५ नेपाली नागरिक गरी मुख्य ७ जना उपर ‘मुलुकी अपराध संहिता, २०७४(संशोधन सहित) परिच्छेद ५ दफा १२५ (४)‘सट्टाबाजी गर्न नहुने’ सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र बाँकी ४६ जना उपर थप अनुसन्धान कार्य भइरहेको छ।
प्रहरीले यस्तै प्रकारको अवैध कारोबार विभिन्न स्थानहरूमा पनि सञ्चालन हुन सक्ने भएकोले यस्ता गतिविधिमा आफू संलग्न नहुन र आफ्ना छरछिमेकमा यस्ता अवैध गतिविधि भएमा नेपाल प्रहरीलाई जानकारी गराउन हुन अनुरोध गरेको छ । कुनै पनि रूपमा यस्ता गतिविधिमा संलग्न नहुन पनि प्रहरीको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?
-
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी