मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
मङ्गलबार, २३ पुस २०८१, १५ : २८

जनकपुर । मंगलबारदेखि मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको छ । सभामुख रामचन्द्र मण्डलले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।
सभामुख मण्डलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मधेस प्रदेशको सवारी तथा यातायात विधेयक, प्रदेशको खेलकुद विकास सम्बन्धीको विधेयक र स्थानीय निकाय सम्बन्धीको विधेयक प्रमाणीकरण भएको बैठकलाई जानकारी गराए ।
यी तीन वटै विधेयक प्रमाणीकरण भएर लागु भइसकेको प्रदेश सभाको सचिवालयले जनाएको छ ।
यसैगरी प्रदेश सभाको सचिवमा बासुदेव प्रसाद कोइरालालाई नियुक्त गरिएको जानकारी पनि सभामुख मण्डलले गराएका छन् ।
बैठकमा प्रदेश सभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । लामो समयपछि सदनको बैठक राखिएको भन्दै प्रदेश सभा सदस्यहरूले गुनासोसहितको शुभकामना सन्देश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरबाट ‘अभिमन्यु’को छायांकन सुरु
-
दोस्रो विश्वयुद्धपछिको विश्व व्यापार र नेपालमा यसको प्रभाव
-
हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
सांसद बोहराको शव भैरहवा ल्याइयो, भोलि पुनः काठमाडौँ लगेर अन्तिम श्रद्धाञ्जलि दिइने
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका