नेप्सेमा ६ अङ्कको वृद्धि

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।
आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक २.६५ प्रतिशतले बढेको छ । आज फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गए, एउटाको मूल्य भने घटेको छ ।
आज कुल १२६ कम्पनीको मूल्य बढेको छ । यसमध्ये सप्तकोशी विकास बैंक, नाग्दी जलविद्युत्, प्रभु महालक्ष्मी इन्स्योरेन्सको मूल्यमा सर्किट लाग्यो । सिन्धु विकास बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबार रकमका हिसाबले पनि आज सिन्धु विकास बैंक अग्रस्थानमा रह्यो । यसको आज १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भयो ।
१०७ कम्पनीको मूल्य घट्दा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीले विरोधका नाममा अराजकता फैलाएः एमाले नेता राना
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो